Friday, September 4, 2026
Homeखेलकुदबक्सिङ खेलाडी चन्द्रबहादुर र कराते खेलाडी एरिका वर्षका उत्कृष्ट खेलाडी घोषित

बक्सिङ खेलाडी चन्द्रबहादुर र कराते खेलाडी एरिका वर्षका उत्कृष्ट खेलाडी घोषित

काठमाडौंः नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गरेको २३ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ को उत्कृष्ट खेलाडी बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ घोषित हुुनुभएको छ ।

हिजो आयोजित कार्यक्रममा चन्द्रबहादुरलाई वर्ष उत्कृष्ट पुरुष र एरिकालाई वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

दुबईमा सम्पन्न आइबा पुरुष विश्व च्याम्पियनसिपमा कास्य पदक जित्दै इतिहास रचेका चन्द्रबहादुर विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली बक्सर खेलाडी हुनुहुन्छ ।

एरिकाले लगातार तेस्रोपटक वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्नुभएको हो । उहाँले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्नुभएको छ ।

करातेकी मनिषाकुमारी बोहरा वर्ष उत्कृष्ट युवा खेलाडी तथा कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको छ । श्रेष्ठले पनि लगातार तेस्रो पटक यो अवार्ड जित्नुभएको हो ।

भलिबलकी मीना सुनारले पिपल्स च्वाइस अवार्ड जित्नुभएको छ । उहाँले कुल मतमध्ये २९.४ प्रतिशत पाउनुभएको थियो ।

सुष्मा तामाङलाई पारा एथलिट सम्मान, ध्रुवविक्रम मल्ललाई स्पेसल अवार्ड र पूर्वब्याडमिन्टन खेलाडी मोहनबहादुर शाहीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड भारतका सबा नायकनले पाउनुभयो ।

पाँचै विधाका मुख्य पुरस्कार विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिएको छ । अन्य सम्मानितलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments