काठमाडौंः सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको हो ।
बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।





