Friday, September 4, 2026
Homeअर्थशेयरलगातार तेस्रो दिन बढ्यो शेयर बजार

लगातार तेस्रो दिन बढ्यो शेयर बजार

विराटचोकः लगातार तेस्रो दिन आज पनि नेपाली शेयर बजार बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१८ प्रतिशत अर्थात् ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४६ स्टकको १ करोड २१ लाख ६३ हजार ७६३ कित्ता शेयर ४० हजार ६९२ पटक किनबेच हुँदा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार ४२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो २ अर्ब ९४ करोड रुपैयाँको शेयर किनबेच भएको थियो भने अस्ति २ अर्ब ९० करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । आज लगानी समूह सर्वाधिक अर्थात १.२६ प्रतिशतले बढ्दा व्यापाार समूह १.०९ प्रतिशतले बढेको छ ।

आज अन्य समूह सर्वाधिक अर्थात ०.३६ प्रतिशतले घटेको छ ।

कारोबार र सूचक बढेको बजारमा आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक ४० करोड ९० लाख ८८ हजार ९२७ रुपैयाँको शेयर किनबेच भएको छ । सानिमा मिडिल तमोर, सोलु हाईड्रो, शिवम् सिमेन्ट्स र माउन्टेन इनर्जी उच्च शेयर कारोबार हुने अन्य कम्पनीमा परेका छन् ।

आज विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ८.७६ प्रतिशतले बढ्दा पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात १३.३३ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ७३ अर्ब ९० करोड ४५ लाख ९९ हजार ६६१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments