Friday, September 4, 2026
Homeसमाचारभोटेकोशी बाढीका मृतकको सम्झनामा वराहक्षेत्रमा १०८ दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकको सम्झनामा वराहक्षेत्रमा १०८ दीप प्रज्वलन

वराहक्षेत्रः भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको चीर शान्तिको कामना गर्दै कोकाहा (कोका) र सप्तकोशी नदीको पवित्र संगमस्थलमा १०८ दीप प्रज्वलन गरिएको छ ।

दीप प्रज्वलनपश्चात् एक जोडी सेता परेवा आकाशमा उडाएर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सामाजिक अभियन्ता नेत्रप्रसाद चौलागाईँको नेतृत्व तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुन्दरहरैंचाका उपसभापति उज्ज्वल बन्जरासहित १० जना युवाको टोलीले यो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।

मृतकको सम्झनामा भएको मौनधारणपछि युवाहरूले आकाशमा परेवा उडाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments