Friday, September 4, 2026
Homeसमाचारश्रीलङ्का टापुमा बाढी र नदी कटानको स्थलगत निरीक्षण

श्रीलङ्का टापुमा बाढी र नदी कटानको स्थलगत निरीक्षण

इनरुवाः हरेक वर्ष बाढी, डुबान र नदी कटानका कारण जनजीवन प्रभावित हुँदै आएको सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टापुको स्थलगत निरीक्षण गरिएको छ ।

सुनसरी क्षेत्र नं. ४ का सांसद डा. दीपककुमार साह, सांसद सृष्टि भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुनसरी जिल्ला सभापति सागर दाहाल, तथा सम्बन्धित क्षेत्रका संगठनका प्रतिनिधि र स्थानीय कार्यकर्तासहितको टोलीले बाढी तथा नदी कटानबाट प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा टोलीले बाढीका कारण स्थानीय बस्तीमा परेको प्रभाव, नदी कटानले जोखिममा परेका क्षेत्र, क्षतिग्रस्त संरचना तथा स्थानीयवासीले भोग्दै आएका समस्याबारे स्थलगत जानकारी लिएको थियो । स्थानीयवासीले हरेक वर्ष वर्षायाममा कोशी नदीको बहाव बढेसँगै बाढी, डुबान र कटानको समस्या दोहोरिने गरेको गुनासो गरेका थिए ।

श्रीलङ्का टापु भौगोलिक रूपमा कोशी नदीको प्रभावमा रहेको क्षेत्र भएकाले वर्षायाममा यहाँका बासिन्दाले बाढी तथा नदी कटानको उच्च जोखिम सामना गर्दै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments