Thursday, September 3, 2026
Homeशिक्षा र स्वास्थ्यफुजिसान सगरमाथामा ‘संघीय नमूना संसद’ अभ्यास

फुजिसान सगरमाथामा ‘संघीय नमूना संसद’ अभ्यास

इटहरीः इटहरीस्थित फुजिसान सगरमाथा बोर्डिङ स्कुलले ‘संघीय नमूना संसद’ अभ्यास गराएको छ । सो अभ्यासमार्फत् विद्यार्थीलाई संघीय संसदको कार्यप्रणाली, संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास, बहस तथा निर्णय प्रक्रियाबारे प्रत्यक्ष अनुभव गराइएको थियो ।

विद्यालयले बदलिँदो समय र प्रविधिको विकाससँगै शिक्षण सिकाइको पद्धतिलाई पनि आधुनिक बनाउँदै लगेको जनाएको छ । विज्ञान तथा प्रविधिको प्रयोग, डिजिटल माध्यमबाट शिक्षण, व्यवहारिक अभ्यास र विद्यार्थीको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै विद्यालयले अध्ययनलाई कक्षाकोठाभित्रको किताबी ज्ञानमा मात्र सीमित नगर्ने प्रयास गरिरहेको छ ।

नमूना संसद अभ्यासमा विद्यार्थीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि, सचेतक, सत्तापक्ष तथा प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए । उनीहरू संसदमा जस्तै विभिन्न समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुका साथै प्रश्नोत्तर, बहस र छलफलमा सहभागी भएका थिए ।

मन्त्रीको भूमिका निर्वाह गरेका विद्यार्थीहरूले सत्तापक्ष तथा प्रतिपक्षबाट उठाइएका प्रश्नको जवाफ दिएका थिए । विद्यार्थी सांसदहरूले आफ्ना दल तथा पक्षका तर्फबाट विषयवस्तुमाथि धारणा राखेका थिए । यस क्रममा विद्यार्थीले प्रश्न सोध्ने, जवाफ दिने, आफ्ना विचार प्रस्तुत गर्ने, अरूको विचार सुन्ने र तर्कका आधारमा विषयलाई निष्कर्षमा पुर्याउने अभ्यास गरेका थिए ।
विद्यालयका अनुसार नमुना संसद अभ्यासको मुख्य उद्देश्य विद्यार्थीलाई वास्तविक संघीय संसदको काम, कर्तव्य र प्रक्रियाबारे नजिकबाट बुझाउनु हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments