खोर्सानेः साहित्य, सिर्जनशीलता र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुन्दरहरैंचा नगर बाल सञ्जालको आयोजना तथा सिद्धार्थ सेकेन्डरी स्कुल, सुन्दरवाटिका एकेडेमी, क्वेस्ट इङ्ग्लिस स्कुल र हिमालयन इङ्ग्लिस स्कुलको प्रायोजनमा ‘रोजितसँग मनका भावः कविता साँझ’ सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कवि रोजित बस्नेतले आफ्ना विभिन्न कविता तथा सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी तथा अन्य सहभागीहरूले समेत आफ्ना कविता, भावना, विचार र साहित्यिक सिर्जना प्रस्तुत गरेका थिए ।
विद्यार्थीको सिर्जनात्मक क्षमता विकाससँगै साहित्यप्रतिको रुचि बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने भएकाले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।





