भरतपुरः बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढेर बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो ।
बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्ण रूपमा बन्द भएको हो ।





