Thursday, August 27, 2026
Homeसमाचारभोटेकोशीको बाढीले बगाएर मृत्यु भएकामध्ये ६४ जनाको शव त्रिशुली र नारायणी नदीमा...

भोटेकोशीको बाढीले बगाएर मृत्यु भएकामध्ये ६४ जनाको शव त्रिशुली र नारायणी नदीमा फेला

भरतपुरः चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशुली र नारायणी नदीमा ६४ शव फेला परेको छ ।

भेटिएकामध्ये केही शव सग्ला र केही शवका शरीरका अंगहरू मात्रै छन् । शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तनहुँमा भेटिएका ९ शव चितवन पठाइएको भए पनि त्यहाँ राख्ने ठाउँ नभएर पुनः तनहुँ नै फिर्ता गरिएको थियो ।

अस्पतालको शवगृहमा शव नअटाएपछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments