Wednesday, August 26, 2026
Homeअर्थशेयरनिरन्तर घट्दै शेयर बजारको सूचक

निरन्तर घट्दै शेयर बजारको सूचक

विराटचोकः मंगलबार पनि नेपालको शेयरबजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.३० अंकले घटेर २ हजार ५९४.९७ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५७ स्टकको १ करोड ४४ हजार १६४ कित्ता शेयर ४६ हजार ५८९ पटक किनबेच हुँदा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक र निर्जीवन बीमा समूह मात्रै क्रमशः ०.०८ र ०.३६ प्रतिशतले बढेका छन् । फाइनान्स समूह सर्वाधिक अर्थात ०.९१ प्रतिशतले घटेको छ ।

मकर जितुमाया सुरी हाईड्रोको सर्वाधिक ९० करोड ७ लाख ९७ हजार २८ रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्स, सोलु हाईड्रोपावर, सुपर मादी हाईड्रो र रिडी पावर कम्पनी उच्च कारोबार गर्ने अन्य कारोबार गर्ने कम्पनीमा परेका छन् ।

घटेको बजारमा सर्वोत्तम पेन्ट्स र क्रेष्ट माइक्रो लाइफको शेयरमूल्य  १५ प्रतिशत बढेको छ ।

यस्तै नाडेप लघुवित्तको शेयरमूल्य ६ प्रतिशत, एभरेष्ट कलरको ५.७१ र कालिञ्चोक हाईड्रोको सेयरमूल्य ५.५६ प्रतिशतले बढ्दा धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात १०.०७ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६२ अर्ब ५० करोड ३० लाख ५६ हजार २१३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments