विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से )परिसूचक ३० दशमलव ९२ अङ्क अर्थात १ दशमलव ४७ प्रतिशतले घट्दै २ हजार ६७ दशमलव ०१ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ८० हजार २९ पटक किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार वित्त समूहको उपसूचक ० दशमलव २१ प्रतिशतले बढेको छ । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।
जलविद्युत समूहको सूचकमा सबैभन्दा धेरै २ दशमलव ३५ प्रतिशतले गिरावट आएको छ ।
हिमायलन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५४ करोड १ लाख ८४ हजार १८६ रुपैयाँको सेयर कारोबार भएको छ । ङादी पावर, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र अरुण काबेली उच्च कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।
बजार घटे पनि समाज लघुवित्तको सेयरमूल्य ६ दशमलव १० प्रतिशतले बढेको छ । रावा खोला हाइड्रोको सेयरमूल्य ३ दशमलव ८३ प्रतिशत र दोल्ती पावरको सेयरमूल्य २ दशमलव ९६ प्रतिशतले बढेको छ ।
सामलिङ पावरको सेयरमूल्यमा सबैभन्दा धेरै ९ दशमलव ४२ प्रतिशतले झरेको छ । मिडसोलु हाइड्रोको सेयरमूल्य ६ दशमलव ८८ प्रतिशत, मोलुङ हाईड्रोको सेयरमूल्य ६ दशमलव ४७ प्रतिशत, थ्रीस्टार हाइड्रोको सेयरमूल्य ६ दशमलव १४ प्रतिशत र पिपुल्स पावरको शेयरमूल्य ५ दशमलव ८४ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ४८ अर्ब ३९ करोड ३९ लाख ७१७ रुपैयाँ कायम भएको छ ।