Monday, July 27, 2026
Homeकला र साहित्यछाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने

छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने

विराटचोकः साउन २२ गतेदेखि देशभरका हलमा नेपाली कथानक चलचित्र ‘हली’ प्रदर्शन हुने भएको छ । हालै सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पारेको छ ।

महिनावारी हुँदा किशोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने भ्रमको कथावस्तु यसमा रहेको बुझिन्छ । छाउपडी प्रथामा २१ दिनसम्म बुवा र छोरा मान्छेको अनुहार हेर्न हुँदैन भन्ने कुसंस्कारको कथा पनि यसमा रहेको निर्माता पूजा गुरुङले बताउनुभयो ।

निर्माता जस्मिन श्रेष्ठका अनुसार एउटा हलीले देशको मुहार बदल्न सक्छ भन्ने सन्देश पनि चलचित्रमा छ । देश परिवर्तन गर्नका लागि नेताले भाषण गरेर मात्रै हुँदैन भन्ने सन्देश चलचित्रले बोकेको उहाँको भनाइ छ ।

पश्चिम नेपालमा महिनावारी हुँदा पहिलो पटक छाउप्रथामा राख्ने गरिएको यथार्थ कथामा यो चलचित्र निर्माण गरिएको निर्देशक ओम प्रतीक बताउनुहुन्छ ।

पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्माता रहेको चलिचत्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायतको अभिनय रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments