Thursday, July 23, 2026
Homeअर्थशेयर२ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार

२ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार

विराटचोकः आज २ घण्टाको अवधिमा २ अर्ब रुपैयाँको पनि शेयर कारोबार भएको छैन । बजार घटेसँगै लगानीकर्ताले खुलेर शेयर किन्न वा बेच्न चाहेका छैनन् ।

२ घण्टामा २२ अङ्क हाराहारी घटेर नेप्से सूचक २६९० आसपासमा रहेर अहिले शेयर कारोबार भइरहेको छ । सो अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ हाराहारीको शेयर किनबेच भएको छ ।

बजार घटे पनि हालै नेप्सेमा सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ ।

उता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत घटेको छ ।

घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत र रिडी पावरको उच्च कारोबार भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments