विराटचोकः गत साता नेप्से परिसूचक २.९५ प्रतिशत अर्थात ७६.७६ अङ्क बढेर २६७७.५४ बिन्दुमा बन्द भएको छ ।
पाँच कारोबार दिन खुलेको बजारमा चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो । नेप्सेसँगै गत साता कारोबार रकम पनि बढेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ५ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।
सातामा १३ वटै उपसमूहको परिसूचक बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.७६ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.९१ प्रतिशत बढेको छ ।
गत साता एभरेष्ट कलर लिमिटेडको ३० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएर कारोबार शुरु भएको छ ।
गत साता थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.१२ प्रतिशत बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.०९ प्रतिशत घटेको छ ।





