Sunday, July 19, 2026
Homeसमाचारहिमालय मनसुन स्काउट क्याम्प २०८३ मा क्याम्प फायरमा रमाए विद्यार्थी, आज समापन

हिमालय मनसुन स्काउट क्याम्प २०८३ मा क्याम्प फायरमा रमाए विद्यार्थी, आज समापन

विराटचोकः मोरङको सुन्दरहरैंचा–१० स्थित हिमालय इङ्लिस स्कुलमा सञ्चालन भइरहेको हिमालय मनसुन स्काउट क्याम्प–२०८३ अन्तर्गत शनिबार साँझ आयोजित रात्रीकालीन क्याम्प फायर कार्यक्रममा सहभागी उत्साहपूर्ण वातावरणमा सरिक भएका थिए । सो क्याम्प आज समापन हुने भएको छ ।

क्याम्प फायर सुन्दरहरैंचाका स्थानीय स्काउट प्रमुख आयुक्त मनोज लामा कार्कीको अध्यक्षता तथा संघीय सांसद प्रेमलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्य तथा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबन्धु थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

हिमालय इङ्लिस स्कुलका प्रिन्सिपल कमल खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका संयोजक तथा हिमालय स्काउट ट्रुपका प्रशिक्षक सुजन थापाले क्याम्प सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।

क्याम्प फायर कार्यक्रममा विद्यार्थीहरूले स्काउट गीत, सांस्कृतिक नृत्य, प्रेरणादायी नाटक, समूह प्रस्तुति तथा विविध सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments