लालबन्दीः सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् । टावरमा चढेर उनले आज बिहान ४ बजे साथीलाई फोन गरेका थिए ।
त्यसपछि उनको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो । प्रहरीले उनका बुवा र दाजुलाई टावर भएको स्थानमा बोलाएर हुसेनसँग टेलिफोन संवाद गराएपछि उनी तल ओर्लिएका थिए ।





