Sunday, July 19, 2026
Homeखेलकुदफ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्डले जित्यो विश्वकपको कास्य पदक

फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्डले जित्यो विश्वकपको कास्य पदक

विराटचोकः फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कास्य पदक) को पदकको लागि भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । खेलमा फ्रान्सलाई ६–४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।

यो जीतसँगै इङ्गल्याण्ड सन् १९६६ मा विश्वकपमा विजयी भएपछिको आफ्नो सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ । यसअघि सन् १९९० र २०१८ मा चौथो भएको इंग्ल्याण्ड एक पटक १९६६ मा मात्रै विश्वकपको विजेता बनेको छ ।

इङ्गल्याण्डको जीतमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७ औं, ४५ औं र ८७ औँ (पेनाल्टी) मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे ।

इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए भने १८ औं मिनेटमा राइसकै असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।

खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौं मिनेट अर्थात् ९०+८ औं मिनेटमा जुड बेलिङ्घमले गोल थप्दै इङ्गल्याण्डको ६–४ को जीत पक्का गरेका थिए ।

मध्यान्तरअघि ४–० को विशाल गोल अन्तरले पछि परेको फ्रान्सले मध्यान्तरपछि उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । फ्रान्सका लागि स्टार फरवार्ड किलियन एम्बाप्पेले ४८ औं र ६६ औं मिनेटमा दुई गोल गरे भने ५४ औं मिनेटमा एम्बाप्पेकै पासमा ब्राड्ली बारकोलाले गोल गरेका थिए । खेलको इन्जुरी समय अर्थात् ९०+६ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गरेपछि फ्रान्सले खेललाई ४–५ को अत्यन्तै रोमाञ्चक स्थितिमा ल्याएको थियो । यद्यपि, खेलको अन्तिम सेकेन्डमा बेलिङ्घमले गोल गरेपछि फ्रान्सको ऐतिहासिक पुनरागमनको प्रयास असफल भएको थियो ।

खेलमा पराजित भए पनि फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले दुईवटा कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् । आजको खेलमा दुई गोल गरेसँगै उनी फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन् । उनले समग्र विश्वकप करियरमा आफ्नो गोल संख्या २२ पुर्याउँदै अर्जेन्टिनाका लियोनेल मेस्सीको २१ गोलको रेकर्डलाई भंग गरेका हुन् ।

जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्याउँदै एम्बाप्पेले यस संस्करणको गोल्डेन बुटको दौडमा पनि एकल अग्रता बनाएका छन् । यद्यपि मेस्सीले फाइनल खेल खेल्न बाँकी नै छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments