Friday, July 17, 2026
Homeशिक्षा र स्वास्थ्यआजदेखि विराटचोकमा हिमालय मनसुन स्काउट क्याम्प शुरु

आजदेखि विराटचोकमा हिमालय मनसुन स्काउट क्याम्प शुरु

विराटचोकः आजदेखि सुन्दरहरैंचाको विराटचोकमा नेपाल स्काउट स्थानीय समिति सुन्दरहरैंचाको आयोजना तथा हिमालय इङ्लिस स्कुल, सुन्दरहरैंचा १० को सहआयोजना एवं व्यवस्थापनमा ‘हिमालय मनसुन स्काउट क्याम्प २०८३’ शुरु भएको छ ।

‘प्रकृतिसँग सङ्गत, स्काउटिङको जगत’ भन्ने नारासहित साउन १ देखि ३ गतेसम्म सञ्चालन हुने क्याम्पमा नगरका विभिन्न विद्यालयका ५० भन्दा बढी स्काउट विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।

क्याम्पको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले स्काउटले विद्यार्थीमा अनुशासन सिकाउनुका साथै घरबाहिरको वातावरणमा घुलमिल हुन सहयोग गर्ने बताउनुभयो ।

विद्यार्थीमा अनुशासन, नेतृत्व, आत्मनिर्भरता, सेवाभाव र सामाजिक उत्तरदायित्व विकास गर्न सहयोग पुग्ने कार्यक्रमका अतिथिहरुले बताउनुभयो ।

क्याम्पमा प्राथमिक उपचार, विपद् व्यवस्थापन, क्याम्प क्राफ्ट, गाँठो बाँध्ने कला, टोली नेतृत्व, वातावरण संरक्षण, सरसफाइ तथा अन्य व्यवहारिक प्रशिक्षण सञ्चालन हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम स्थानीय स्काउट प्रमुख आयुक्त मनोज लामा कार्कीको अध्यक्षतामा भएको थियो । नगर प्रमुख केदार प्रसाद गुरागाईं प्रमुख अतिथि तथा हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल विशेष अतिथि रहेका थिए । हिमालय स्काउट ट्रुपका प्रमुख सुजन थापाले संयोजन गरेको कार्यक्रममा नेसनल प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष भीम अधिकारी र आप्रवासी महिला कामदार समूह (आमकास) की मोरङ अध्यक्ष उमा सेढाईँले पनि आफ्नो भनाइ राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments