Friday, July 17, 2026
Homeसमाचारटिपरको ठक्करबाट केराबारीमा ७० वर्षीया मगरको मृत्यु

टिपरको ठक्करबाट केराबारीमा ७० वर्षीया मगरको मृत्यु

केराबारीः सडक पार गर्दै गरेकी महिलालाई आज टिपरले ठक्कर दिँदा मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको छ ।

केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न टिपर र चालक सङ्खुवासभाको चैनपुर नगरपालिका–११ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय विक्रम माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments