Friday, July 17, 2026
Homeअर्थसाउनमा उठेको ब्याज पनि लाभांशमा गणना हुने

साउनमा उठेको ब्याज पनि लाभांशमा गणना हुने

विराटचोकः नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र असुल भएको ब्याजलाई नियमनकारी कोषमा सार्नुनपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थासँगै वित्तीय संस्थाले साउन १५ सम्म असुल गरेको ब्याज लाभांशमा गणना गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सर्कुलरमार्फत् ब्याज आम्दानी र नियमनकारी कोषसम्बन्धी व्यवस्था संशोधन गरेको हो । नयाँ व्यवस्थाले आर्थिक वर्ष सकिएलगत्तै ब्याज असुली गर्न सक्ने बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य नाफा र लाभांश क्षमता सुधारिने देखिएको छ ।

यसअघि बैंकले आम्दानीका रूपमा लेखांकन गरेको तर आर्थिक वर्षको अन्त्यसम्म असुल नभएको ब्याज बराबरको रकम नियमनकारी कोषमा राख्नुपथ्र्यो । यस्तो रकमबाट आयकर, कर्मचारी बोनस र वैधानिक कोषमा छुट्याउनुपर्ने रकम कटाएर बाँकी रकम सञ्चित मुनाफाबाट नियमनकारी कोषमा सार्ने व्यवस्था थियो ।

असार मसान्तसम्म नउठेको ब्याज साउनको पहिलो वा दोस्रो सातामै असुल भए पनि बैंकले त्यस बराबरको रकम नियमनकारी कोषमा राख्नुपर्ने अवस्था थियो । त्यसले बैंकको लेखांकन नाफा देखिए पनि वितरणयोग्य नाफा र लाभांश क्षमता कम हुन्थ्यो । अब भने आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र उठेको ब्याजलाई असुल हुन बाँकी ब्याजमा गणना नगरिने भएको छ ।

यसको अर्थ बैंकले साउनको पहिलो १५ दिनभित्र उठाएको ब्याज सञ्चित मुनाफामै राखी बैंकको लेखांकन नाफा प्रत्यक्ष रूपमा बढाउनेभन्दा पनि नियमनकारी कोषमा थुनिने रकम घटाएर वितरणयोग्य नाफा सुधार्ने जनाइएको छ । नयाँ व्यवस्थाबाट असार मसान्तपछि पनि ठूलो परिमाणमा ब्याज उठाउने बैंकहरू तुलनात्मक रूपमा बढी लाभान्वित हुने भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments