विराटचोकः वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । जसअनुसार असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटेको छ ।
मबैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारमा ४.२५८ प्रतिशतबिन्दु थियो । साउनमा ४.१६७५ प्रतिशतबिन्दुमा झरेको छ । संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ ।
ब्याजदर घटाउने बैंकहरू
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतबिन्दुले ब्याजदर घटाएर ४ प्रतिशत कायम गरेको छ ।
एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
संस्थागततर्फ नेपाल बैंकले बढायो ब्याजदर
समीक्षा अवधिमा नेपाल बैंकले भने व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशतविन्दुको वृद्धि गरी ४ प्रतिशत पुरÞ्याएको छ ।
स्थिर ब्याजदर राख्ने बैंकहरु
केही बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्ता बैंकमा नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक लगायतका बैंक रहेका छन् ।





