Wednesday, July 15, 2026
Homeसमाचारकोशीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

विराटचोकः हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको हो । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । विशेषगरी कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोलामा पानीको बहाव बढ्न सक्ने र बाढी, पहिरो तथा डुबानको जोखिम रहने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments