Wednesday, July 15, 2026
Homeखेलकुदफ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि पुग्यो विश्वकप फुटबलको फाइनलमा

फ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि पुग्यो विश्वकप फुटबलको फाइनलमा

विराटचोकः अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा आज बिहान भएको सेमीफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै स्पेन १६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सन् २०२६ को विश्वकपको फाइनलमा प्रवेश गर्दा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरेका थिए । खेलको २२ औं मिनेटमा पेनाल्टी गोलमार्फत् स्पेनले पहिलो अग्रता लिएको थियो ।

खेलको ५८ औं मिनेटमा पेड्रो पोरोले गोल गरेका थिए । त्यसपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा प्रवेश गराए पनि फ्रान्सले गोल गर्न सकेन ।

सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । फ्रान्स भने लगातार तेस्रोपटक सेमीफाइनलबाट बाहिरिन पुग्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments