विराटचोकः आज नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ बिन्दुमा अडिँदा कारोबार रकम पनि बढेको छ । आज ३८३ स्टकको ५३ हजार ८५४ पटकको कारोबारमा १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर खरीदबिक्री हुँदा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ७ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।
उच्च मूल्य बढ्ने र उच्च कारोबार हुनेमा ऋणपत्र
विगतका दिनमा झैँ आज पनि उच्च कारोबार गर्ने कम्पनीमा ऋणपत्र परेका छन् । उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ कम्पनी ऋणपत्र छन् ।
आज १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को सर्वाधिक ५२ करोड ७१ लाख ८३ हजार २६२ रुपैयाँको शेयर कारोबार भएको छ । १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० ३९ करोड १६ लाख ४१ हजार ७९२ रुपैयाँको शेयर किनबेच भएको छ । ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चरको ३७ करोड ५१ लाख १६ हजार ८३० रुपैयाँको शेयर कारोबार भएको छ ।
उच्च मूल्य बढ्नेमा पनि ऋणपत्र नै छन् । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये ७ कम्पनी विभिन्न वित्तीय संस्थाका ऋणपत्र छन् । सबैभन्दा धेरै ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ को मूल्य यस दिन सर्वाधिक १०.२२ प्रतिशत बढेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.८२ प्रतिशत बढेको छ ।
उच्च मूल्य घट्ने कम्पनीमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । सो कम्पनीको शेयरमूल्य ८.१० प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१८ प्रतिशतले घटेबाहेक बाँकी सबै उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा धेरै व्यापार उपसमूहको परिसूचक१.४७ प्रतिशत बढेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २६ अर्ब ५९ करोड ७३ लाख १६ हजार ६८० रुपैयाँ कायम भएको छ ।





