Wednesday, July 15, 2026
Homeशिक्षा र स्वास्थ्यआत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका विवेक मण्डलका सन्तानको शिक्षाको जिम्मा गगन...

आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका विवेक मण्डलका सन्तानको शिक्षाको जिम्मा गगन थापाले लिने

काठमाडौंः सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको हिजो बिहान २ः४० बजे उपचारको क्रममा निधन भएको थियो ।

मण्डलको निधनमा सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments