Tuesday, July 14, 2026
Homeसमाचारआत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा निधन

आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा निधन

विराटचोकः शुक्रबार आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।

उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल ल्याइएका उनको आज बिहान २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

२५ वर्षीय विवेकले शुक्रबार घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

बिहीबार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।

शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाहको प्रयास गरेका थिए । उनको आइतबार उपचारका क्रममा निधन भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments