विराटचोकः आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता शेयरको लक इन अवधि आज सकिँदैछ ।
संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ करोड ८० लाख र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ६ लाख कित्ता शेयरको लक इन अवधि आज सकिने भएको हो ।
धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता शेयर दर्ता छ । बाँकी शेयर सर्वसाधारणसँग रहेको छ ।
लक इन अवधि सकिएसँगै अब ती शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।





