Monday, October 19, 2026
Homeसमाचारसञ्चारगृहको गेटमा गरिएको गाडी पार्किङमा संलग्नमाथि कारबाही गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

सञ्चारगृहको गेटमा गरिएको गाडी पार्किङमा संलग्नमाथि कारबाही गर्न रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

विराटचोकः आज बिहानै काठमाडौंका तीन सञ्चारगृहको मूल गेटमा सवारी साधन पार्किङ गरी सञ्चारगृहमा प्रवेशमा अवरोध गराउने कार्यको अनुसन्धान गरी सो कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विपिनकुमार आचार्यले स्वतन्त्र पत्रकारिता नै लोकतन्त्रको प्राणवायु रहेको भन्दै सञ्चार जगतलाई भयरहित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।

‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भत्र्सना गर्दछ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा कार्य गर्ने वातावरणमाथि धावा बोल्ने वा उनीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताका ठाडो उल्लंघन रहेको रास्वपाको ठहर छ ।

‘यी घटनाहरूको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी कानुन बमोजिम गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ रास्वपाले भनेको छ ।

‘कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अंगलाई संकुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई किमार्थ स्वीकार्य छैनन् भन्ने स्पष्ट पार्न चाहन्छौं,’ महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments