Sunday, July 12, 2026
Homeखेलकुदपूर्व विजेता इंग्ल्याण्ड बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै तेस्रो पटक पुग्यो सेमीफाइनलमा

पूर्व विजेता इंग्ल्याण्ड बेलिंघमको दुई गोलमा नर्वेलाई हराउँदै तेस्रो पटक पुग्यो सेमीफाइनलमा

विराटचोकः विश्वकप फुटबलको पूर्व विजेता इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड आठ वर्षपछि सेमीफाइनलमा पुगेको हो । खेलमा जेड बेलिंघमले दुई गोल गर्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरेका थिए ।

पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वे शुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको ३६ औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि मध्यान्तरअघिको अतिरिक्त समयमा इंग्ल्यान्डका जेड बेलिंघमले बराबरी गोल फर्काएका थिए ।

मध्यान्तरपछि दुवै तर्फबाट गोल भएन । मध्यान्तरपछिको अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जीतलाई सुनिश्चित गरेका हुन् ।

सन् १९६६ मा विश्वकप जितेयता इंग्ल्यान्ड तेस्रो पटक सेमीफाइनलमा पुगेको हो । यसअघि सन् १९९० मा पश्चिम जर्मनी र २०१८ मा क्रोएसियासँग सेमीफाइनलमा इंग्ल्याण्ड पराजित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments