Friday, July 10, 2026
Homeसमाचारदेशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुन सक्ने

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा हुन सक्ने

विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जसको प्रभावले काठमाडौं लगायत विभिन्न भूभागमा बिहानैदेखि पानी परिरहेको छ ।

अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागका अनुसार तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो एक घन्टामा सिन्धुपाल्चोकको मेलम्चीमा २४.६ मिलिमटर वर्षा मापन भएको छ । बर्दियाको कटरनियामा २३.६ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार पछिल्लो चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा १००.८ मिलिमिटर वर्षा भएको छ । नवलपुरमा ९५.८ मिलिमिटर, देउराली नवलपुरमा ७७.६ मिलिमिटर, डाँडामा ९५.८ मिलिमिटर, चितवनको गोविन्दवस्तीमा ७८.८ मिलिमिटर वर्षा भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments