Friday, July 10, 2026
Homeराजनीतिफिल्डमा दशकौंदेखि वन नभएका क्षेत्रलाई वनक्षेत्रको परिभाषाबाट हटाइयोस्ः सांसद गणेश कार्की

फिल्डमा दशकौंदेखि वन नभएका क्षेत्रलाई वनक्षेत्रको परिभाषाबाट हटाइयोस्ः सांसद गणेश कार्की

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले कतिपय वन नभएका क्षेत्रलाई समेत वनक्षेत्रका रूपमा परिभाषित गरिँदा जनताले दुःख पाइरहेको उल्लेख गर्दै त्यसमा संशोधनको माग गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै फिल्डमा दशकौंदेखि वन नभएका कतिपय भूभागलाई कागजमा वनक्षेत्रका रूपमा परिभाषित गरिएको भन्दै केही क्षेत्रमा यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।

‘मोरङ–३ को कानेपोखरी बजार स्थापना भएको ६० वर्ष पूरा भयो । आजसम्म त्यो बजार कागजी रूपमा वनक्षेत्रमा पर्छ । १९८३ असार १५ गते दही चिउरा खाएर शुरू भएको बयरवन बजार आज ठ्याक्कै १०० वर्ष १० दिनको भयो । त्यहाँ पनि भूमिको समस्या छ,’ उहाँले भन्नुभयो, ‘नेपाली व्याकरण अनुसार वनको क्षेत्रको समासलाई वनक्षेत्र भनिन्छ । तर नेपालको राजनीतिले वन नभएको क्षेत्रलाई वनक्षेत्र बनाएर जनता र व्याकरणको हुर्मत लिइरहेको छ ।’

२०६६ माघ २८ गते वन नभएको क्षेत्रलाई वनक्षेत्रबाट हटाउने अध्यादेशको व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गर्दै उहाँले सो व्यवस्थालाई कानुन बनाएर त्यसको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments