Friday, July 10, 2026
Homeखेलकुदफ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा

फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा

विराटचोकः फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको हो ।

अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान भएको पहिलो क्वाटरफाइनलको मध्यान्तरपछिको खेलमा फ्रान्सका दुवै फरवार्डले गोल गरेका थिए ।

चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमीफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो । यस पटक ती दुई टोलीको क्वाटरफाइनलमै भेट हुँदा नतिजा दोहोरिएको हो ।

यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातारको ३४ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ ।

एम्बाप्पेले खेलको ६० औं मिनेटमा डिजायर डुएको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । योसँगै एम्बाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै समान ८ गोल गरेका छन् ।

खेलको ६६ औँ मिनेटमा उसमान डेम्बेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेनन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments