Thursday, July 9, 2026
Homeखेलकुदलगातार ६ खेलमा गोल नखाई स्पेनले बनायो विश्वकपमा नयाँ कीर्तिमान

लगातार ६ खेलमा गोल नखाई स्पेनले बनायो विश्वकपमा नयाँ कीर्तिमान

विराटचोकः स्पेनले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।

डलासमा सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।

स्पेनका गोलकिपर उनाइ सिमोनविरुद्ध पछिल्ला ६०९ मिनेटदेखि कुनै पनि खेलाडीले गोल गर्न सकेका छैनन् ।

यो कीर्तिमानको सुरुआत सन् २०२२ को विश्वकपबाट भएको थियो । त्यसबेला स्पेनले अन्तिम–१६ मा मोरक्कोसँग निर्धारित समयमा ०–० को बराबरी खेलेको थियो ।

पेनाल्टी सुटआउटमा पराजित भए पनि यो खेललाई आधिकारिक रूपमा क्लिन सिटका रूपमा गणना गरिएको थियो ।

जारी विश्वकपमा स्पेनले पहिलो खेलमा केप भर्डसँग ०–० को बराबरी खेलेको थियो ।

त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० र राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले पराजित गर्दै लगातार पाँचौँ क्लिन सिट पूरा गरेको थियो ।

अन्तिम–१६ मा पोर्चुगललाई पनि गोल गर्न नदिँदै १–० को जीत निकालेपछि स्पेनले लगातार छ खेलमा क्लिन सिट राख्ने विश्वकप इतिहासकै पहिलो टोली बनेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments