विराटचोकः आज शेयरबजार मापक नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात् १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर ५७ हजार ८६४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिँदा व्यापार समूह सर्वाधिक अर्थात् २.३६ प्रतिशतले घटेको छ ।
उच्च कारोबार गर्ने ५ कम्पनीमध्ये ४ वटा ऋणपत्र
घटेको बजारमा उच्च कारोबार गर्ने ५ मध्ये ४ वटा स्टक विभिन्न बैंकका ऋणपत्र रहेका छन् । ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६÷८७ को सर्वाधिक ३५ करोड ५८ लाख ९२ हजार ८२० रुपैयाँको शेयर किनबेच भएको छ ।
एसबीएल डिबेञ्चर २०८९ को २८ करोड ६५ लाख ६५ हजार ३०६ रुपैयाँको, बीओके डिबेञ्चर २०८६ को २० करोड ८६ लाख ६ हजार ६३५ रुपैयाँको र ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४\८५ को २० करोड १ काल ८५ हजार ८०० रुपैयाँको शेयर किनबेच भएको छ ।
घटेको बजारमा उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक १२.६८ प्रतिशतले बढ्दा स्नो रिभर्सको मूल्य ११.७६ प्रतिशत, प्राइम डिबेञ्चर २०८४ को ५.६१ र कुमारी सबल योजनाको मूल्य ३.८७ प्रतिशतले बढेको छ ।
ऋणपत्रको उच्च कारोबार भएको दिन आज बीओके डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक अर्थात् ८.६६ प्रतिशतले घटेको छ । सालपा विकास बैंकको शेयरमूल्य ८.२८ प्रतिशत, थ्रीस्टार हाईड्रोको ७.९२ र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ५.७६ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ७० अर्ब ६२ करोड ९८ लाख ३१ हजार १४२ रुपैयाँ कायम भएको छ ।





