Thursday, July 9, 2026
Homeसमाचारदेशैभरका केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी र गण्डकीका पहाडी क्षेत्रमा बढी...

देशैभरका केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी र गण्डकीका पहाडी क्षेत्रमा बढी वर्षा हुने

विराटचोकः हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण आज देशभरका केही स्थानमा भारी वर्षा हुने भएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षा हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू–भागतर्फ नै सरदर स्थानको आसपासमा रहेको छ ।

महाशाखाका अनुसार पछिल्लो एक घन्टामा पाल्पाको हात्तीलुङमा २४.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको सूर्यपुरामा १९ मिलिमिटर, नवलपरासीको बर्दघाटमा १९ मिलिमिटर, तिलोत्तमामा ११.२ मिलिमिटर, दाङको तुलसीपुरमा १५.४ मिलिमिटर, सुखाबारेमा ११.४ मिलिमिटर, घोराहीमा ९.४ मिलिमिटर र नवलपरसीको परासीमा ११.२ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो चौबीस घन्टामा पाल्पाको रामपुरमा १७२.८ मिलिमिटर, हात्तीलुङमा १६४ मिलिमिटर, बल्ढ्याङगढीमा १२२.८ मिलिमिटर, तानसेनमा ९३ मिलिमिटर, गण्डकोटमा ८०.२ मिलिमिटर, अर्घखाँचीमा ९०.४ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा ८१.८ मिलिमिटर वर्षा भएको छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments