विराटचोकः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
बोर्डका अनुसार एसईई पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो । यसअघि सम्पन्न एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी ननग्रेडिङ (एनजी) मा परेका थिए । ती परीक्षार्थीलाई लक्षित गरी पूरक परीक्षा सञ्चालन गरिएको थियो ।




