Tuesday, July 7, 2026
Homeखेलकुदसहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम पुग्यो क्वार्टरफाइनलमा

सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम पुग्यो क्वार्टरफाइनलमा

विराटचोकः फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ ।

बेल्जियको जीतमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एकएक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काएका थिए ।

पुनः दुई मिनेटमै बेल्जियमका केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । खेलको ५७ औं मिनेटमा भानकेनले तेस्रो गोल गरेका थिए भने मध्यान्तरपछिको खेलको अतिरिक्त समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जीत दिलाएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments