Tuesday, July 7, 2026
Homeअर्थशेयरनेप्से घट्ने क्रम जारी, सोमबार घट्यो झण्डै १ प्रतिशत

नेप्से घट्ने क्रम जारी, सोमबार घट्यो झण्डै १ प्रतिशत

विराटचोकः साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से २६.२९ अंक अर्थात् ० दशमलव ९९ प्रतिशतले घटेर २६२७.११ विन्दुमा अडिएको छ ।

सोमबार ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ४६ हजार २४६ पटक किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको शेयर किनबेच भएको छ ।

सूचीकृत सबै समूहका परिसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ३.१५ प्रतिशतले घटेको छ ।

जम्मा ३४ कम्पनीका शेयरमूल्य बढ्दा स्नो रिभर्स लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड तथा कालङ्गा हाइड्रो लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।

घटेको बजारमा थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घटेको छ । नेपाल फाइनान्सको ११.६४ प्रतिशत तथा खानीखोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.७२ प्रतिशत घटेको छ ।

८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ को शेयर सबैभन्दा धेरै ५३ करोड ९४ लाख ५२ हजार ६९२ रुपैयाँको कारोबार भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र आँखुखोला जलविद्युत कम्पनी रहेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब १३ अर्ब ९१ करोड ७ लाख ४६ हजार ४३१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments