Tuesday, July 7, 2026
Homeखेलकुदपोर्चुगललाई हराउँदै १६ वर्षपछि स्पेन विश्कप फुटबलको क्वार्टरफाइनलमा

पोर्चुगललाई हराउँदै १६ वर्षपछि स्पेन विश्कप फुटबलको क्वार्टरफाइनलमा

विराटचोकः अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मध्यान्तरपछिको अतिरिक्त समयको पहिलो मिनेटमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ ।

यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।

सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments