Sunday, July 5, 2026
Homeखेलकुदपाराग्वेलाई हराउँदै साबिक उपविजेता फ्रान्स पुग्यो क्वार्टरफाइनलमा

पाराग्वेलाई हराउँदै साबिक उपविजेता फ्रान्स पुग्यो क्वार्टरफाइनलमा

विराटचोकः अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान सुरक्षित बनााएको छ ।

कप्तान किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बनेको थियो । एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । डिजायर डुएलाई पाराग्वेका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

जारी विश्वकपमा एम्बाप्पेको सातौं गोल हो । उनी अर्जेन्टिनाका लियोनल मेसीसँगै जारी विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा शीर्ष स्थानमा छन् । एम्बाप्पे मेसीको विश्वकपको सर्वकालीन २० गोलको कीर्तिमानभन्दा मात्र एक गोलले पछि छन् ।

सेमीफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ । यी दुई टोलीले सन् २०२२ को विश्वकपमा सेमीफाइनलमा प्रतिष्पर्धा गर्दा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments