विराटचोकः अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा प्रतियोगिताको सहआयोजक क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मोरक्कोको जीतमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५० औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए ।
खेलको ८२ औं मिनेटमा ओउनाहीले अर्काे गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाएका थिए ।
मध्यान्तरपछिको अतिरिक्त समयको अन्तिम मिनेटमा रहिमीले अर्काे गोल गर्दै मोरक्कोलाई ३–० को सहज जीतमा पुर्याएका हुन् ।
सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा मोरक्को सेमीफाइनलसम्म पुगेको थियो । मोरक्को दुईपटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकन टोली पनि हो ।
उता, पहिलोपटक नकआउट चरणमा पुगेको सहआयोजक क्यानडा प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ ।




