Sunday, July 5, 2026
Homeअर्थशेयरसातामा ३.८९ प्रतिशत बढ्यो नेप्से

सातामा ३.८९ प्रतिशत बढ्यो नेप्से

विराटचोकः गत साता नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात् ३.८९ अंक बढेर २६५३.४० विन्दुमा बन्द भएको छ । ५ दिन बजार खुल्दा दुई दिन नेप्से बढेको थियो भने तीन दिन घटेको थियो ।

सूचक सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब २ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । गत साता दैनिक औसतमा ३ अर्ब ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

गत साता नेप्सेको कुल बजार पूँजीकरण भने ०.५४ प्रतिशत बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता २४ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।

गत साता १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ ।

गत साता ७ कम्पनीको ५ करोड ४० लाख ४४ हजार २४४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । सूचीकृत हुने शेयरमा सुपर माइ हाइड्रोपावर, नेको इन्स्योरेन्स, एनएमबि बैंक, नेपाल हाइड्रो डेभलोपर्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस शेयर रहेको छ । सानिगाड हाइड्रो र कालंगा हाइड्रोको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको छ ।

हालै दोस्रो बजारमा सूचीकृत भएको स्नो रिभर्सको शेयरमूल्य सर्वाधिक १०१.०५ प्रतिशत बढेको छ । खानी खोला हाइड्रापावरको शेयरमूल्य साढे १९ प्रतिशत बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १९ प्रतिशत बढेको छ । एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ६.७४ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments