Thursday, July 2, 2026
Homeसमाचारदेशभर मनसुनको प्रभाव, २४ घण्टामा कञ्चनपुरको दोधारामा धेरै वर्षा

देशभर मनसुनको प्रभाव, २४ घण्टामा कञ्चनपुरको दोधारामा धेरै वर्षा

विराटचोकः जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा सबैभन्दा धेरै १७.४ मिलिमिटर र हनुमाननगरमा १२.४ मिलिमिटर वर्षा भएको छ । नुवाकोटको त्रिशूलीमा १५.८ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो २४ घन्टामा पनि बढी वर्षा हुनेमा कञ्चनपुरको दोधारा रहेको छ । दोधारामा १४९.६ मिलिमिटर वर्षा भएको छ । कपिलवस्तुको वाणगंगामा ११७.६ मिलिमिटर र काठमाडौंको नागार्जुनमा ४६.६ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । दिउँसो देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेस प्रदेश र कोशी प्रदेशका तराईको एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

आज राति पनि देशभर साधारणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका साथै देशको पहाडी भू–भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर मनसुन सक्रिय रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments