Thursday, July 2, 2026
Homeखेलकुदलेटाङ नगरपालिकाले बालबालिकाका लागि ‘पब्जी र फ्रि फायर’ प्रतियोगिता सञ्चालन गर्ने

लेटाङ नगरपालिकाले बालबालिकाका लागि ‘पब्जी र फ्रि फायर’ प्रतियोगिता सञ्चालन गर्ने

लेटाङः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लेटाङ नगरपालिकाले बालबालिकाहरूलाई लक्षित गर्दै लोकप्रिय अनलाइन खेलहरू पब्जी र फ्रि फायर प्रतियोगिता सञ्चालन गर्ने योजना अघि सारेको छ ।

नगरपालिकाको १९ औँ नगरसभामा बजेटका नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्दै नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सो जानकारी दिनुभएको हो।

नगरसभामा नीति प्रस्तुत गर्दै नगरप्रमुख लावतीले बालबालिका तथा युवाहरूको रुचि र प्रविधिको बदलिँदो स्वरूपलाई ध्यानमा राख्दै नगरस्तरीय पब्जी र फ्रि फायर प्रतियोगिता आयोजना गरिने बताउनुभयो ।

यस्ता कार्यक्रमले नगरभित्र रहेका ई–स्पोट्र्सका प्रतिभाहरूलाई पहिचान गर्न र उनीहरूको क्षमतालाई सकारात्मक दिशामा डोहोर्याउन मद्दत पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments