केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाइ बुधबार सम्पन्न भएको छ ।
केराबारी–८ स्थित ज्येष्ठ नागरिक हक हित संरक्षण समितिको भवनमा भएको कार्यक्रममा वडावासीले राखेका जिज्ञासाको वडाध्यक्ष कमलकुमार बस्नेत, वडा सचिव राजनकुमार थापा, इलाका प्रहरी कार्यालय केराबारीका प्रमुख भुवन श्रेष्ठलगायतले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा वडा सचिव अम्बिका चौलागाईँले वडाले चालु आर्थिक वर्षमा गरेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, खानेपानी तथा सामुदायिक वनका प्रतिनिधि, विद्यार्थी, शिक्षक तथा वडावासीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तेजबहादुर बस्नेत, गोकुल थापा, कबिन विश्वकर्मा, रक्षा परियार, रमानाथ फुयाल, दीपक बस्नेतलगायतले जिज्ञासा राख्नुभएको थियो ।
शिखरबास सञ्चार सेवा प्रालिको सहजीकरणमा भएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी ज्ञाननाथ ढकालले गर्नुभएको थियो ।




