विराटचोकः लगातार ७ दिनको गिरावटपछि शेयरबजार मापक नेप्से परिसूचक बुधबार १.७० प्रतिशत अर्थात् ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ विन्दुमा अडिएको छ ।
बुधबार ३६२ कम्पनीको ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर ५६ हजार ८५० पटक किनबेच हुँदा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् २.६० प्रतिशतले बढेको छ ।
बढेको बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिक अर्थात् २८ करोड ८४ लाख २७ हजार १३३ रुपैयाँको १३ लाख ४५ हजार ११२ कित्ता शेयर किनबेच भएको छ ।
उच्च कारोबार गर्ने अन्य कम्पनीमा रिलायन्स स्पीनिङ मिल्स, आँखुखोला जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० रहेका छन् ।
बढेको बजारमा स्नो रिभर्सको शेयरमूल्य १५ प्रतिशत बढ्दा सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य १४.२२ प्रतिशत, भुजुङ हाईड्रोको १३.९०, कुथेली बुखरी स्मल हाईड्रोको ९.७३ र मिड सोलु हाईड्रोको शेयरमूल्य ९.३७ प्रतिशतले बढेको छ ।
बजार बढे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात ५.२१ प्रतिशतले घट्दा धौलागिरी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत र अपर स्याङ्गे हाईड्रोको शेयरमूल्य ३.५५ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४३ अर्ब ७६ करोड ९ लाख ९८ हजार ९६४ रुपैयाँ कायम भएको छ ।




