Thursday, June 4, 2026
Homeसमाचारहालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरणका लागि कोशीका गाउँपालिकालाई तालिम दिँदै गाउँपालिका...

हालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरणका लागि कोशीका गाउँपालिकालाई तालिम दिँदै गाउँपालिका राष्ट्रिय महासंघ

इटहरीः कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय र प्रदेशबाट हालसम्म जारी भएका कानुनको डिजिटल अभिलेखीकरण कार्यसम्बन्धी तालिम इटहरीमा सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा कोशी प्रदेशका मोरङ, उदयपुर र सुनसरीका गाउँपालिकाका सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिइएको हो ।

इटहरीको स्काइ लक्स होटलमा भएको कानुन अभिलेखीकरण प्रणालीसम्बन्धी तालिममा तीन जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति थियो ।

तालिम उद्घाटन समारोहका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले धनकुटामा कोशी प्रदेश सरकारले पहिलो पटक कानुन अभिलेखीकरण प्रकृया शुरु गरेको जानकारी दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा सबैभन्दा पहिले कोशी प्रदेशले डिजिटल रूपमा नै सबै १३७ पालिका र प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरेका नीति, ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्डलाई अभिलेखीकरण गर्न लागिएको मन्त्रालयका उपचसचिव भोजराज दाहालले बताउनुभयो ।

महासंघसँगको सहकार्यमा मन्त्रालयले प्रदेशका १४ जिल्लालाई ६ वटा क्लष्टरमा विभाजन गरी कानुन अभिलेखीकरण प्रणाली सञ्चालन सम्बन्धी अभिमुखीकरण गरिरहेको महासंघले जनाएको छ ।

 धनकुटाबाट शुरु भएको कार्यक्रम मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, संखुवासभा र ओखलढुङ्गामा सम्पन्न भइसकेको छ । 

सो तालिम आज इलाम र झापाका पालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि इलाममा र भोलि ताप्लेजुङ र पाँचथरमा हुने गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।

स्थानीय र प्रदेश सरकारले जारी गरेका हालसम्मका कानुनहरु प्रदेश र संघीय तहमा कहीँ पनि अभिलेखीकरण हुन नसकेको समयमा कोशी प्रदेश सरकारले सो कार्य शुरु गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments