Monday, June 1, 2026
Homeफिचरसुकुना बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ शुरु

सुकुना बहुमुखी क्याम्पसमा ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ शुरु

विराटचोकः सुकुना बहुमुखी क्याम्पसमा आइतबारदेखि ‘एकेडेमिया–इन्डस्ट्री डाइलग’ कार्यक्रम शुरु भएको छ । कार्यक्रममा विश्वविद्यालय, उद्योग, बैंकिङ, उद्यमशीलता तथा शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।

सो कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा र उद्योग क्षेत्रबीचको सहकार्यले दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

सुकुना बहुमुखी क्याम्पसद्वारा आयोजित तथा विश्वविद्यालय अनुदान आयोग नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा उच्च शिक्षालय र उद्योग क्षेत्रबीचको सहकार्य विस्तार, रोजगारमुखी शिक्षा, उद्यमशीलता विकास तथा दक्ष जनशक्ति उत्पादनका विषयमा व्यापक छलफल भएको सुकुना बहुमुखी क्याम्पसका क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा मधेश विश्वविद्यालयका डीन डा. अञ्जयकुमार मिश्र, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु थपलिया, किम्स कलेजका अध्यक्ष नरोत्तम अर्याल तथा सहकारी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंलगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय उद्योगी–व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा छिमेकी क्याम्पसका प्राध्यापक एवं सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्रबहादुर थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्याम्पस प्रमुख अर्जनराज अधिकारीले राख्नुभएको थियो ।

सो क्याम्पसमा कर्मचारीका लागि तीन दिवसीय तालिम पनि हिजैदेखि शुरु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments