Monday, June 1, 2026
Homeखेलकुदआयोजक सुन्दरहरैंचा नगरपालिका बाहिरियो मेयर गोल्डकपको प्रतिष्पर्धाबाट

आयोजक सुन्दरहरैंचा नगरपालिका बाहिरियो मेयर गोल्डकपको प्रतिष्पर्धाबाट

विराटचोकः जेठ १६ गतेदेखि शुरु भएको चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको क्वाटर फाइनल खेलमा पराजित भएसँगै आयोजक सुन्दरहरैंचा नगरपालिका प्रतियोगिताबाट बाहिरिएको छ ।

हिजो शुक्रबारे खेलमैदानमा सम्पन्न प्रतिष्पर्धामा उदयपुरको बेलका नगरपालिकाले आयोजक सुन्दरहरैंचा नगरपालिकालाई घरेलु खेलमैदानमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको मध्यान्तर अघि ३–१ को अवस्थामा रहेको बेलकाले मध्यान्तरपछि थप १ गोल गरेको थियो । खेलमा बेलकाका जर्सी नम्बर ९ का खेलाडी हिमाल मगरले ह्याट्रिक गरेका थिए ।

आज तेस्रो क्वाटर फाइनल खेल मोरङको केराबारी गाउँपालिका र झापाको शिवसताक्षी नगरपालिकाबीच दिउँसो ३ बजे शुक्रबारे खेलमैदानमा शुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ र उपविजेताले नगद २ लाख रुपैयाँ पाउनेछन् ।

फाइनल खेल जेठ २३ गते हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments