Sunday, May 31, 2026
Homeखेलकुदसेमीफाइनलमा पुग्यो बेलबारी नगरपालिका चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उद्घाटन खेलबाट

सेमीफाइनलमा पुग्यो बेलबारी नगरपालिका चौथो सुन्दरहरैंचा मेयर गोल्डकपको उद्घाटन खेलबाट

विराटचोकः हिजोदेखि शुरु भएको चौथो सुन्दरहरैँचा मेयर गोल्डकपको उद्घाटन खेलमा बेलबारी नगरपालिका विजयी हुँदै सेमीफाइनलमा पुगेको छ ।

खेलमा बेलबारीले पथरीशनिश्चरे नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको मध्यान्तरअघि बेलबारीका लागि विल्सन गिरी र अश्विन गौतमले एक–एक गोल गरे भने पथरी शनिश्चरेका सउरे राउतले एक गोल फर्काएका थिए ।

मध्यान्तरपछि भने कुनै पनि टिमले गोल गर्न सकेनन् । खेलको म्यान अफ द म्याच बेलबारी नगरपालिकाका खेलाडी घोषित हुँदै नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रमुख अतिथिको आसनबाट प्रतियोगिताको उद्घाटन गर्दै ग्रासरुट फुटबलको विकासबिना समग्र खेलकुद क्षेत्रको विकास सम्भव नहुने बताउनुभयो ।

सुन्दरहरैंचा नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सुन्दरहरैंचा–१२ स्थित शुक्रबारे खेलमैदानमा आजको खेल आयोजक सुन्दरहरैँचा नगरपालिका र उदयपुरको बेलका नगरपालिका बीच दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments